सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडी ग्रामीण विद्युत् सहकारीको आय-व्यय सार्वजनिक

फोटो : कैलाली खबर
फोटो : कैलाली खबर
२०८० फाल्गुन १२, ०६:५४ खबर संवाददाता

धनगढी : कैलालीको सुखडमा रहेको घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले वार्षिक आय र व्यय सार्वजनिक गरेको छ। सहकारीको गत र चालु आर्थिक वर्षको आय-व्यय सार्वजनिक गरिएको हो।

सहकारीको नवौं साधारण सभामा आर्थिक वर्ष २०७९/२०८० को २ करोड ६९ लाख ६९ हजार ७ सय ६९ बराबरको आय व्यय र आर्थिक वर्ष २०८०/२०८१ को ३ करोड ५४ लाख ३८ हजार बराबरको अनुमानित आय व्यय सार्वजनिक गरिएको छ। संस्थाका अध्यक्ष सरोज न्यूरेको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश सदस्य खुसीराम चौधरी “भीमसेन” रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथि घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाका संस्थापक उपाध्यक्ष खेमराज डगौरा थारू रहेका थिए।

कार्यक्रममा संस्था साधारण सदस्य, उपभोक्ताहरू लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उपभोक्ताले उठाएका विभिन्न प्रश्न तथा सवालहरूको जबाफ संस्थाका अध्यक्ष सरोज न्यूरे दिएका थिए। कार्यक्रममा घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाका संस्थापक उपाध्यक्ष खेमराज डगौरा थारूलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो।

संस्थाले घोडाघोडी नगरपालिका २,४,५,६,७,८,९ र गौरीगंगा नगरपालिकाको वडा नं ११ र कैलारी गाउँपालिकाको वडा नँ ८ वडामा विद्युत् वालि रहेको छ। संस्था विस २०६६ सालमा स्थापना भएको थियो।

अहिले करिब ९ हजार घरधुरीमा संस्थाले विद्युत् बालेको छ। सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडका उपाध्यक्ष निर्मला चौधरीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मेघ बहादुर साउँदले गरेका थिए।

कमेन्ट लोड गर्नुस