सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बाघको आक्रमणबाट एक महिला गम्भिर घाइते

२०८० फाल्गुन ११, ०१:३७ खबर संवाददाता

अछामः अछाममा बाघको आक्रमणमा परेर एक महिला गम्भिर घाइते भएकी छन्।

जिल्लाको ढकारी गाउँपालिका–८ कि करिब २४ वर्षीया धना तिमिल्सेना बाघको आक्रमणबाट गम्भिर घाइते भएकी हुन्। बिहीवार घरबाट २ किलोमिटरको दुरीमा बाख्रा चराइरहेकी उनलाई बाघले आक्रमण गरेको थियो।

घाइते धनालाई सुर्खेत प्रादेशिक अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए। उनका अनुसार बाघको आक्रमणबाट ती महिलाको अनुहार र हातमा चोट लागेको छ। अहिले अवस्था सामान्य रहेको उनले बताए।

कमेन्ट लोड गर्नुस