कञ्चनपुरबाट एक लाख बराबरको तस्करिको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट तस्करिको सामान बरामद गरिको छ।
पुनर्वास नगरपालीका ११ डोकेबजारबाट अन्दाजी ९८ हजार ३१० मुल्य बरारका चिनी, धोती, प्याज, नरिवल, गाडीमा चिप्काउने टेप, प्लाष्टिक लगायतका सामान बरामद गरिएको छ।
प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारीसे अवस्थामा फेला पारी बरामद गरेको हो। बरामद गरेको सामान कारबाहीको लागी भन्सार कार्यालय त्रिनगर कैलाली पठाईएको छ।