सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिसेज राइज एण्ड साइनको ताज हेमन्ता भट्टराइलाई

२०८० फाल्गुन ९, ०८:१९ खबर संवाददाता

काठमाडौँः मिसेज राइज एण्ड साइन दिभा २०८० को ताज गायिका तथा सञ्चारकर्मी हेमन्ता भट्टराइले हात पारेकी छिन्।

शनिवार भएको ग्रान्ड फिनालेमा १६ जना बिवाहित महिला प्रतिस्पर्धीलाई उछिन्दै हेमन्ताले विजयीको ताज पहिरेकी हुन। जसमा सुधा राई फस्ट रनर अप, रेनुका श्रेष्ठ सेकेन्ड रनर अप, ममता बजगाइ थर्ड रनर अप र करुणा बस्नेत फोर्थ रनर अपमा चुनिएका छन्।

विजयी भट्टराईले मिसेस युनिभर्समा समेत भाग लिन पाउनेछिन। बिजयीहरुलाइ एचु हेयर वयलले चेक भौचर उपलब्ध गराएको थियो भने रोज ब्युटी एकेडेमिले उनिहरुलाइ ४० हजार बराबर सौन्दर्य सम्बन्धी कोर्ष दिने घोषणा गरेको थियो। बिजयीहरुले आकर्षक गिफ्टहरु समेत प्राप्त गरेका थिए।

ललितपुर जिल्लाको बालकुमारी  म्युजिक सिटि हलमा भएको कार्यक्रममा नेपाल टेलिकम र खल्ती एप्स मार्फत भएको भोटिङमा समेत सर्बाधिक भोट बिजयी हेमन्ता भट्टराईले प्राप्त गरेकी थिइन्। राइज एन्ड साइन कृयसन प्रालीले ३ महिनादेखी काठमाडौ, ललितपुरमा ३ चरणको अडिसन लिएको थियो।  ३० जना बिबाहित महिलाहरुको बिचमा प्रतिस्पर्धा गराउदै १६ जना भोटिङ राउन्डमा प्रवेश गरेका थिए।
 

कमेन्ट लोड गर्नुस