सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनरोगी महिलाको सहयोगका लागि दारी ग्याङ धनगढीले जात्रै जात्राको च्यारिटी सो गर्ने

२०७६ जेठ १, १२:३४ खबर संवाददाता

दारी ग्याङ धनगढीले नेपाली चलचित्र जात्रै जात्राको च्यारिटी सो गर्ने भएको छ। सामाजिक कार्यमा लागेका धनगढीका युवाहरुको समुह दारी ग्याङले प्रदिप भट्टराईको निर्देशनमा रहेको जात्रै जात्रा चलचित्रको च्यारिटी सो गरिने आज धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो। दारी ग्याङ धनगढीका संयोजक दिनेश वोहराले चलचित्रको च्यारिटि सो जेठ ३ गते जोशी टाकिजमा हुने जानकारी दिए।

सो बाट उठेको रकमले सडकमा रहेका मानसिक रोगी महिलाहरुलाई पालनपोषण गरिरहेको संस्था दृष्टि फाउण्डेसनलाई हस्तान्तरण गर्ने उनले बताए। च्यारिटी सो बाट उठेको ५० प्रतिशत रकम दृष्टि फाउण्डेसनलाई र कार्यक्रमको खर्च कटाई बाकी २५ प्रतिशत अन्य सामाजिका कार्यमा लगाईने बताईएको छ भने टिकट दर एक सय, एक सय ५०, र दुई सय रहेको छ।

गालामा दारी काँधमा जिम्मेवारी नारा सहित विगत तिन बर्ष देखि दारी ग्याङ धनगढी सामाजिक कार्यमा लागिरहेको छ। 
 
 

कमेन्ट लोड गर्नुस