सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वी इन्डोनेसियामा दुई दिन देखि हेलिकोप्टर सम्पर्कविहीन

२०८० फाल्गुन ९, ०४:५५ खबर संवाददाता

एजेन्सीः इन्डोनेसियाको पूर्वमा पर्ने उत्तरी मालुकु प्रान्तमा तीन यात्रु बोकेको एउटा हेलिकोप्टर मङ्गलवारदेखि सम्पर्कविहीन भएको छ।

मङ्गलवारदेखि उक्त हेलिकोप्टर बेपत्ता भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका प्रमुख फतुर रहमानले आज (बुधवार) बताएका हुन्। बेपत्ता हेलिकोप्टरको खोजी कार्य जारी छ। स्थानीय समयअनुसार दिउँसो १ः १६ बजे हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविच्छेद भएको थियो।

बेपत्ता हुनुअघिसम्म उक्त हेलिकोप्टर हलमहेरा तेङ्गाह जिल्लामा जङ्गलमाथि उडिरहेको जनाइएको छ। रहमानका अनुसार पिटी वेडा बे निकेल फर्मद्वारा सञ्चालित हेलिकोप्टरमा तीन यात्रु सवार थिए। तिन जनामा दुई पाइलट र एक यात्रु थिए। 
 

कमेन्ट लोड गर्नुस