सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

२०८० फाल्गुन ९, ०७:३७ खबर संवाददाता

धनगढीः कैलालीको विभिन्न स्थानबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट ६८० मिलिग्राम लागूऔषधसहित सोही ठाउँ बस्ने ३९ वर्षीय सविन दाहाल र धनगढी उपमहानगरपालिका-१ बस्ने बर्ष २६ वर्षीय विवेक गुप्तालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट मोटरसाईकल १ थान समेत प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित दुबै जनालाई पक्राउ गरेको हो।

यसैगरी कैलारी गाउँपालिका-३ शिबरत्नपुर स्थित जङगलबाट २ ग्राम २८० मिलिग्राम लागूऔषधसहित सोही ठाउँ बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरीलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो। यी दुबै जनालाई ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको हो। पक्राउ परेका चारै जनमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस