सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुवै मृर्गौला खराब भएपछि सुदूरपश्चिमका एक युवा आर्थिक अभावले अस्पतालको शैयामा छट्पटाउदै

२०७६ जेठ १, ११:२३ प्रकाश सिंह

दुवै मृर्गौला खराब भएपछि बाजुराका एक युवा अस्पतालको शैयामा छट्पटाइरहेका छन्। दुवै मृगौला फेल भएका जिल्लाको बुढिनन्दा नगरपालिका ९ पाण्डुसेनका २७ वर्षीय धनबहादुर बोहोरा आर्थिक अभावमा अस्पतालको शैयामा छटपटाइरहेका छन्। दुवै मृगौलाले काम गर्न छोडेपछि दुई महिना अघि उपचारका लागि काठमाडौँको विर अस्पातलमा भर्ना भएपनि आर्थिक अभावले उनको उपचारमा समस्या भएको छ।

चिकित्सकले अस्पतालको एक सय ५९ नम्बर वेडमा भर्ना भएका बोहोराको दुवै मृर्गौला फेर्नुपर्ने सुझाव दिएपनि आर्थिक अभावका कारण नै उनी जीवनमरणको दोशादमा रहेका छन्। उनका भाई नरेन्द्रले दुई महिना अघि विर अस्पतालमा भर्ना गरेदेखि २ लाख बढि रकम खर्च भएपनि बाँकी रकम नहुदा समस्या भएको बताए। घरबाट  विदेश  जान भनी हिडेका बोहोरा  काठमाडौँ  पुगेपछि विरामी भएका थिए। विदेश जानका लागि सबै प्रक्रिया पूरा गरेपनि एकाएक असन्चो भएपछि उपचार गराउँदा दुवै मृगौला फेल भएको थाहा पाएको उनले सुनाए। तर आर्थिक अभावले उपचारमा समस्या भएकाले सबैसंग सहयोगको अपिल गरिएको छ। 
   

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस