सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको कैलाली जिल्ला अधिवेशनको निर्वाचन स्थगित

२०८० फाल्गुन ८, ०८:५७ खबर संवाददाता

कैलालीः नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।

प्राविधिक कारणले भोली बिहान ८ बजे सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बताए। बुधवार मतदान गर्ने गरि मंगलवार दिउँसो निर्वाचन तालिका सार्वजनिक गरिएको थियो।

आज राति सम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर भोली बिहान १० बजे देखि दिउँसो २ बजेसम्म मतदान गर्ने गरि निर्वाचन तालिका सार्वजनिक गरिएको थियो। तर, अहिले उक्त निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत जोराले बताए। 
 

कमेन्ट लोड गर्नुस