सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसकै शुभेच्छुक संस्था प्रेस युनियनद्धारा महासमिति बैठक बहिष्कार

२०८० फाल्गुन ७, ०९:५५ खबर संवाददाता

काठमाडौँः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टीको महासमिति बैठक बहिष्कार गरेको छ।

महासमिति सदस्यमा युनियनको पछिल्लो कार्यसमितिबाटै प्रतिनिधित्व नगरिएको भन्दै विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाइएको हो। पार्टीले १४ औं महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिलाई यसपटक महासमिति सदस्यको रुपमा प्रतिनिधित्व गराएपछि युनियनले आपत्ति जनाएको हो।

पार्टीले युनियनका तर्फबाट यस अघिका पूर्व अध्यक्ष बद्रि सिग्देल, उपाध्यक्ष इश्वरी ओझा र कोषाध्यक्ष सरोज अधिकारीलाई प्रतिनिधि बनाएको हो। तर अघिल्लो कार्यसमितिका पदाधिकारीलाई प्रतिनिधि बनाएपछि गत वर्ष निर्वाचित भएका युनियनका पदाधिकारीले महासमिति बैठक बहिष्कार गरेका हुन्। यसरी बहिष्कार गर्ने नेपाली कांग्रेसका संस्थापन इतरका पदाधिकारीसहितका पत्रकार छन्। विज्ञप्तिमा यस्तो लेखिएको छ।, 
null

कमेन्ट लोड गर्नुस