सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जनपुस्तकालयद्वारा पन्त सम्मानित

२०८० फाल्गुन ७, ०६:१२ खबर संवाददाता

धनगढीः निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्त सम्मानित भएका छन्। कैलाली जनपुस्तकालय धनगढीले आफ्नो ६७औ वार्षिक उत्सवका अवसरमा पन्तलाई सम्मान गरेको हो।

सोमवार आयोजित वार्षिक उत्सव तथा ४७ औं साधारण सभामा सुदूरपश्चिम सरकारका प्रमुख सचिव डा हरिप्रसाद लम्साल, शिक्षाविद् डा हेमराज पन्त र कैलाली जनपुस्तकालयका अध्यक्ष डा टिएन जोशीले पन्तलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्।

उनलाई पुस्तकालयले बद्रीनाथ स्मृति राष्ट्रिय सामाजिक सेवा सम्मान २०८० बाट सम्मानित गरिएको हो। कार्यक्रममा साहित्यकार, शिक्षासेवी तथा समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो।

 

कमेन्ट लोड गर्नुस