चलचित्र ‘डिग्री माइला’ को टिजर सार्वजनिक
२०८० फाल्गुन ७, ०६:०३
काठमाडौँः रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ को टिजर रिलिज भएको छ।
आज सार्वजनिक टिजरमा मुख्य पात्र दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ।
टिजरमा दया आँचलसँग गीतमा देखिन्छन्। बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा समेटेको छ। फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ।
कमेन्ट लोड गर्नुस