सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ

२०८० फाल्गुन ६, ०९:३१

धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाडी चोकबाट ३५० मिलिग्राम लागुऔषधसहित २ जना पक्राउ परेका हुन्।

अस्थाई प्रहरी पोष्ट, चटकपुरको टोलीले शनिवार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाडीका २२ वर्षीय सञ्जय राना र गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका २३ वर्षीय मनोज रानालाई पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस