सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सन्तोष खड्का उद्योग वाणिज्य महासंघको खुला केन्द्रीय सदस्यमा विजयी

२०८३ वैशाख २३, ०१:०५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका व्यवसायी सन्तोष खड्का उद्योग वाणिज्य महासंघको खुला केन्द्रीय सदस्यमा विजयी भएका छन्। कुल खसेको १२९ मतमध्ये १०२ मत प्राप्त गर्दै उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

टीकापुर उद्योग वाणिज्य संघका वर्तमान अध्यक्षसमेत रहेका खड्का विजयी भएसँगै महासंघको खुला केन्द्रीय सदस्य बन्ने सुदूरपश्चिमका दोस्रो व्यवसायी बनेका छन्। यसअघि पुष्प कुँवर खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

३४ वर्षीय खड्का टीकापुर उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्यदेखि वरिष्ठ उपाध्यक्ष हुँदै हाल अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनी सन्तोष विल्डर्सका सञ्चालक हुन् भने रेडिमेट कपडा पसलसमेत सञ्चालन गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस