सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जिल्लाका विभिन्न स्थानबाट ४ लाख बढीका सामान बरामद 

२०८० फाल्गुन ५, ११:३९ खबर संवाददाता

धनगढीः दुई जिल्लाका विभिन्न स्थानबाट ४ लाख बढीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ चौराह नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ३४ हजार ३६० मूल्यको प्याज, चना, मटर, जिरा, प्लाष्टिक, पतन्जलीका बिभिन्न औषधि लगायतका सामान बरामद गरिएको छ।

यस्तै धनगढी-९ मसानघाटबाट ११ हजार ९ सय मूल्यको चिनी, प्याज, बिडी, गुट्खा, प्लाष्टिक लगायतका सामान र धनगढी उपमहानगरपालिका १८ “एफ” गाँउबाट २ लाख मूल्यको ठेला १० थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै कञ्चनपुरकोे भीमदत्त नगरपालिका-१६ मझँगाउबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका  १ लाख १ हजार ६ सय मूल्यको खानेतेल, दाल, मिठाई, नरिवल, कपडा, खुर्सानी, लेडिज सुट बरामद गरिएको छ।

बेलौरी नगरपालिका-६ भुराकोटबाट ४७ हजारको प्याज, चिनी, मैदा, कुकरे, नमकिन, पापड लगायतका सामान र दोधारा चाँदनी नगरपालिका-४ झोलुङगे पुल नजिकबाट २४ हजार मूल्यको कुखुरालाई चारो खुवाउने प्लाष्टिक भाँडा, चारो, औषधि लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जम्मा ४ लाख  १८ हजार ८६० मूल्यको उक्त सामान दुई जिल्ला बाट शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस