सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री धामीको एक वर्षे प्रगतिः ३५ सय ९४ नयाँ उद्योग दर्ता, १९ सय उद्यमी सिर्जना

२०८० फाल्गुन ५, ११:३४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा तीन हजार पाँच सय ९४ नयाँ उद्योग दर्ता भएका छन्।

प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत एक वर्षको अवधिमा सो संख्यामा नयाँ उद्योग दर्ता भएका हुन्। उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले आफ्नो एक वर्षे उपलब्धिहरू सार्वजनिक गर्दै सो अवधिमा उद्यमशीलता विकास सम्बन्धी तालिमबाट एक हजार २ सय ९८ महिला र ६ सय १६ पुरुष गरी जम्मा एक हजार ९ सय १४ जना नयाँ उद्यमी सृजना भएको दाबी गरेका छन्।

साथै बजार अनुगमन गरी कालोबजारी नियन्त्रण, म्याद गुज्रेका सामाग्रीहरू नष्ट गर्नुका साथै दण्ड जरिवाना र उद्योग तथा वाणिज्य क्षेत्रबाट तीन करोड ९१ लाख २ हजार १५९ रुपैयाँ राजश्व आम्दानी भएको प्रगती विवरणमा उल्लेख छ। सो अवधिमा पर्यटकीय पार्क निर्माण गरी २० जना व्यक्तिहरुलाई नेचर गाइड तालिम दिएको समेत मन्त्रालयले जनाएको छ। वन क्षेत्र विकासतर्फ ७७ हेक्टर खाली तथा नाङ्गो वन क्षेत्रको जमिनमा वृक्षारोपण र सामुदायिक वन क्षेत्र हस्तान्तरण गरिएको विषय पनि प्रगति विवरणमा उल्लेख छ।

जिल्ला वन पैदावार आपूर्ति समितिमार्फत घर निर्माण तथा मर्मतका लागि सहुलियत दरमा चार सय २१ घरधुरीलाई ३२ हजार पाँच सय ५२ घनफिट काठ वितरण, वन पैदावार निकासीबाट ८ करोड ८१ लाख ३० हजार ८४९ रुपैयाँ राजश्व आम्दानी भएको छ। । साथै पाँच वर्षदेखि फाजिलमा रहेका संघमा फुस दरबन्दी रही यस प्रदेशमा कामकाज गरिरहेका ३२ जना फरेष्टरहरुको दरबन्दी सृजना गरी पदस्थापन गरिएको पनि सार्वजनिक पछिल्लो प्रगति विवरणमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस