सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि बढायो इन्धनको मूल्य

२०८० फाल्गुन ४, ०५:४१ खबर संवाददाता

काठमाडौँः नेपाल आयल निगमले बिहीवार रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य बढाएको छ। निगमले बहीवार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको जानकारी दिएको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ‚ डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। 

निगमले खाना पकाउने (एलपी) ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन। निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूचीअनुसार भाउ समायोजन गरेको जनाएको छ। आईओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलमा १ रुपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको निगमको विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस