सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भर्ना गरे १७ कर्मचारी

२०८० फाल्गुन ३, ०६:३१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले १७ जना कर्मचारी भर्ना गरेको खुलेको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कार्यालय सहयोगी, परामर्श सेवा र सवारी चालकहरू गरेर दुई वर्षमा १७ जना कर्मचारी भर्ना गरेको हो। मन्त्रीपरिषद्को कार्यालयले यस वर्ष दरबन्दी सेवा करारमा ६ जना कार्यालय सहयोगी, चार जना परामर्श सेवा र ६ जना सवारी चालक भर्ना गरेको छ। उनीहरूलाई मासिक ज्यालादारीमा जागिर दिएको हो।

अम्मराज उपाध्याय, नरेन्द्रसिंह धामी, नवराज बोहरा, प्रदिप बोहरा, लक्ष्मणप्रसाद अवस्थी र दिनेश चौधरीलाई भर्ना गरिएको हो। गत आर्थिक वर्ष २०७९/८० मा समेत उनीहरूले काम गरेका थिए। सो कार्यालयले यस वर्ष पाँच जना परामर्श सेवा अन्तर्गत करारमा कर्मचारी भर्ना गरेको छ। आरती देउवा, युवराज भट्ट, प्रेमविक्रम शाह, अनितादेवी चौधरी र छेदुराम चौधरीलाई परामर्श सेवा अन्तरगत मासिक ज्यालादारीमा भर्ना गरिएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा चार जना मात्र कर्मचारी थिए। यस वर्ष भने डोटीका प्रेमविक्रम शाह परामर्श सेवामा थपिएका हुन्। मुख्यमन्त्री कार्यालयले एवन क्षेत्री, निवेश आर्चाय, अमरसिंह राना, इन्द्रसिंह धामी, रामपाल राना र नरेन्द्र सिंहलाई रिक्त रहेको दवरवन्दीमा हलुका सवारी चालकमा भर्ना गरिएको छ। उनीहरूले गत आर्थिक वर्ष २०७९/८० मा समेत सवारी चालकको रुपमा काम गर्दै आएका थिए। मुख्यमन्त्री कमलबहादुर शाहले पुराना ज्यालादारी तथा करार सेवाका कर्मचारीलाई पुनः भर्ना गरेका छन्।

कमेन्ट लोड गर्नुस