सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोजगारीका क्रममा कामदारलाई समस्या पार्नेे र ठगी गर्ने म्यानपावरलाई कारबाहि गरिने

। फोटो स्रोत ।
२०७६ वैशाख ३१, ०१:४६ खबर संवाददाता

वैदेशिक रोजगार विभागको टोलीले तीन म्यानपावर कम्पनीमा अनुगमन गरेको छ। पुरानै संरचनाबाट कामदार मलेसिया पठाउने प्रक्रिया अघि बढाएको सूचनाको आधारमा सोमबार अनुगमन गरेको विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले जानकारी दिए। उनका अनुसार जुपिटर ओभरसिज प्रालि, स्काई अफ दी वल्र्ड र ट्रष्ट नेपाल ओभरसिज प्रालिमा अनुगमन गरिएको हो।

नयाँ कामदार मलेसिया पठाउने विषयमा स्वास्थ्य परीक्षणको कुरा अझै टुङ्गो लागेको छैन तर म्यानपावर कम्पनीमा भने पासपोर्ट संकलन गरेर राख्न थालेको भेटिएको उनले जानकारी दिए। उनले भने, ‘नियम अनुसार कामदार लैजाँदा रोजगारदाताले नै सबै सेवा शुल्क बुझाउनु पर्ने हुन्छ, तर हिसाबकिताबको प्रमाण माग्दा दुई म्यानपावरले देखाउन सकेनन। उनले ‘कानुन नमान्ने र सरकारलाई नटेर्ने गर्न नपाइने र त्यस्तो गर्ने सबैलाई कारबाही हुने बताए। उनले रोजगारीका क्रममा कामदारलाई समस्या पार्ने, ठगी गर्ने कोही पनि म्यानपावरलाई छुट नहुने समेत बताए।

म्यानपावर कम्पनीको अनुगमनको कार्यविधि बनाएर स्वीकृतिका लागि मन्त्रालयमा पेश गरिसकेको र अब सो  कै आधारमा नतिजामुखी अनुगमनलाई जोड दिने समेत उनले बताए। म्यानपावर कम्पनी अनुगमनबारे अहिलेसम्म कुनै कार्यविधि नबनेको र अब नयाँ कार्य्बिधि पास भएसँगै यसलाई निरन्तरता दिने बिभागको तयारी रहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस