सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट मनोमानी माटो उत्खनन

२०८० फाल्गुन २, ०६:५९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा मनोमानी माटो उत्खनन हुँदै आएको पाइएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ डमौलियामा माटो उत्खनन र बिक्री हुँदै आएको हो।

स्थानीयले सामुदायिक वनहरूको समेत अनुमति नलिएर माटो बिक्री तथा ढुवानी गर्दै आएका हुन्। सब डिभिजन वन कार्यालय, फूलबारीका प्रमुख जीवछा यादवले स्थानीयले घडेरी निर्माणका लागि माटो खन्दै आएको भेटिएको बताए। उनले डमौला गाउँका नागरिकहरूले बसोबास गर्दै आएका जग्गाबाट घडेरी निर्माणका लागि माटो उत्खनन हुँदै आएको भेटिएको बताए। उनले भने, ‘हाम्रा कर्मचारीले डमौलिया गाउँमा माटो उत्खनन हुँदै आएको भेटाएका छन्। सामुदायिक वनहरुबाट स्वकृति लिनु भएकोे छैन। वन क्षेत्रबाट नभएर आवादी जग्गाबाट माटो उठाउनु भएको हो। तर, सामुदायिक वनहरूलाई माटो उत्खनन गर्न नदिन भनेका छौ।’

धनगढीमा नै माटोको अवैध रूपमा बिक्री हुँदै आएको भेटिएको हो। माटो उत्खनन तथा बिक्रीका लागि सामुदायिक वन तथा स्थानीय तहहरूको स्वीकृति आवश्यक हुन्छ।

 

कमेन्ट लोड गर्नुस