२०८१ सालमा ८८ दिन सार्वजनिक बिदा

काठमाडौँः सरकारले आगामी वर्ष २०८१ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। ५३ शनिवारसहित ८८ दिन सार्वजनिक बिदा हुने भएको छ।
गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व बिदाहरूको सूची सार्वजनिक गरेको हो। राजपत्रमा प्रकाशित उक्त बिदाको सुचीअनुसार २७ दिन पर्व बिदा परेको छ। ६ वटा दिवस बिदा र २ वटा जन्म जयन्ती बिदा छन्। त्यसबाहेक उपत्यका र सम्बन्धित धर्मावलम्बीहरूका बिदाको सूची छुट्टै रहेको छ।
