सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से  पाँच अंकले बढ्यो 

२०८० फाल्गुन २, ०४:१३ खबर संवाददाता

काठमाडौँः सेयर कारोबार मापक नेप्से परिसूचक ५.९१ अंकले बढेको छ।

आज शून्य दशमलव २८ प्रतिशतले बढेको नेप्से २०७६.५० अंकमा सीमित भएको छ। आज ४ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुल १३१ कम्पनीको सेयर मूल्य बढ्यो।

कुल ११२ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। बैकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्नस, जीवन बिमा र व्यापार उपसमुह घट्यो। सबैभन्दा बढी जीवन बिमा उपसमुह २८.७२ अकंले घट्यो। आज फाइनान्स उपसमहुमा लगानीकर्ताको आकर्षण रह्यो। फाइनान्स उपसमुह ११६.४४ अकंले बढ्यो। विकास बैंक ९६.०७ अकंले बढ्यो।
 

कमेन्ट लोड गर्नुस