सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका दुई एसपीको सरुवा, अरु कोको भए?

२०८० फाल्गुन २, ०१:०४ खबर संवाददाता

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मंगलबार गरेको निर्णयअनुसार एसपीको सरूवा भएको हो। फागुन महिनादेखिको तलब, भत्ता समेत सरूवा भएको दरबन्दीबाट पाउने गरी सरूवा गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली एसपी देबेन्द्रबहादुर पालको सरुवा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाको सरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा भएको छ। त्यस्तै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख नेत्रमणि गिरीको पनि कर्णली प्रदेश प्रहरी गणमा सरुवा भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा धनगढीमा कार्यरत विष्णुहरी कोइरालाको जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा कार्यरत वीरेन्द्रबहादुर शाहीको पनि सरुवा भएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा कञ्चनपुरमा कार्यरत रञ्जु सिग्देल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा धनगढीमा कार्यरत श्यामसिंह चौधरीको पनि सरुवा भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा चक्रराज जोशी, र जिल्ला प्रहरी कार्यालय कैलालीमा पदमबहादुर विष्ट एसपी रुपमा आउने भएका छन्। नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)को एकसाथ सरूवा भएको छ।

कमेन्ट लोड गर्नुस