धनगढीमा मोटरसाइकललाई ठक्कर दिएर अटो फरार

२०८० फाल्गुन २, १०:३८
धनगढीः धनगढीमा मोटरसाइकललाई ठक्कर दिएर अटो फरार भएको छ।
धनगढी उपमहानगरपालिका-५ मट्यारी नजिक से १ ह १८९ नम्बरको अटोले सुदूरपश्चिम प्रदेश ०१००८ प ५४७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर फरार भएको छ। मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका-९ पिपलाडी बस्ने प्रवेश राना घाइते भएका छन्। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




कमेन्ट लोड गर्नुस