सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सार छलीका सामान बरामद

२०८० फाल्गुन १, १२:०१ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएके छ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ चौराह नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १२ हजार ८ सय ५० मूल्यको चिनी, प्याज, मिश्री, नरिवल, जिरा लगायतका सामान बरामद गरिएको छ। उता कञ्चनपुरको पुनर्वास नगरपालिका-११ चौकीडाँडाबाट ६५ हजार ४०० मूल्यको लेडिज सुट, सुर्ती लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ। उक्त सामान सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस