सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व कीर्तिमानी धावकको कार दुर्घटनामा मृत्यु

२०८० माघ २९, ०९:१७ खबर संवाददाता

काठमाडौँ: पुरुष म्याराथनमा विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा निधन भएको छ। पश्चिमी केन्यामा भएको दुर्घटनामा २४ वर्षीय केल्भिनसहित उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमानको मृत्यु भएको बताइएको छ।

एएफपी न्यूज एजेन्सीका अनुसार दुर्घटना आइतबार राति स्थानीय समयअनुसार ११ बजे भएको थियो। दुर्घटनामा अन्य एक जना घाइतेलाई अस्पताल लगिएको छ। प्रहरीका अनुसार धावकले नै उक्त कार चलाइरहेका थिए। कारमा नियन्त्रण गुमेपछि दुर्घटना भएको र दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ।

सन् २०२३ मा म्याराथनमा केल्भिनको उदय भएको थियो। गत अक्टोबरमा उनले सिकागोमा आयोजित प्रतियोगितामा इलुड किपचोगेको विश्व कीर्तिमान भङ्ग गरेका थिए। उनले ४२ किलोमिटरको म्याराथन २ घण्टा ३५ सेकेन्डमा पुरा गरेका थिए।

कमेन्ट लोड गर्नुस