सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश बस सेवाको तीन महिने योजना १० महिना सम्म सुरु भएन

२०७६ वैशाख ३०, ०६:४६ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश बस सेवाको तीन महिने योजना १० महिना सम्म सुरु हुन सकेको छैन्। आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममै समेटिएको प्रदेश बस सञ्चालन अहिले सम्म सञ्चालनमा ल्याउने नसकिएको हो। प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेश बस सेवा सञ्चालनका लागि २० करोड बजेट समेत विनियोजन गरेको छ। चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा तीन महिना भित्रै बस सेवा सञ्चालन गर्ने उद्घोष गरेको प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा समेय प्रक्रिया अगाडी बढेको छैन्। 

भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव इन्द्रदेव भट्टले बस सञ्चालन सम्बन्धी ऐन, सडकको अवस्थामा अध्ययन र कार्ययोजना नबनेसम्म बस सेवा सञ्चालन हुन नसक्ने बताए। यातायात पुर्बाधार निर्देशनालय डोटीका निमित्त निर्देशक प्रेमदत्त भट्टले नौं वटै जिल्लामा सञ्चालन गर्ने कार्यनीति भएपनि अहिले कैलाली र कञ्चनपुरमा मात्रै सञ्चालन गर्ने कि भन्ने कोणबाट पनि छलफल भइरहेको बताए। कञ्चनपुरको गड्डाचौकीदेखि चिसापानीसम्म विद्युतीय चार्जिङ स्टेसन राखेर बस सेवा सञ्चालन गर्ने गरी छलफलसमेत भएको बताइएको छ। 

यस्तै बस सञ्चालनका लागि सोमबार धनगढीमा यातायात पुर्बाधार निर्देशनालय डोटीले गरेको अन्र्तक्रिया कार्यक्रममा ग्रिड कन्सलटेन्सीका टिम लिडर डाक्टर प्रदिपकुमार श्रेष्ठले अध्ययन प्रतिवेदन प्रस्तुत गरेका छन्। उनले सरकारी बस सञ्चालनका लागि विश्वमा भएका प्रयास र सुदूरपश्चिमको बस्तुस्थितका बारेमा प्रस्तुत गरे। 
 

कमेन्ट लोड गर्नुस