सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०२३ को गोल्ड विजेता चिया बगानलाई सम्मान

२०८० माघ २८, ०६:०९ खबर संवाददाता

चितवनको भरतपुर महानगरपालिकामा नेपालमा उत्पादित चियाको प्रदशनी तथा टेस्टिङ्ग कार्यक्रम सम्पन्न भएको छ।

माघ २६ बाट सुरु भएको कार्यक्रम हिजो २७ गते सम्पन्न भएको हो। उक्त कार्यक्रममा आठौँ एसिया टी कम्पिटिसन २०२३ को चिया गुणस्तरमा गोल्ड विजेता नेपाल चिया निगम विकास लिमिटेडका कार्यकारी अध्यक्ष सुवासचन्द्र संघइलाई कृषि तथा पशुपंछी विकास मन्त्रि डाक्टर वेदुराम भुषालले सम्मानित समेत गरेका थिए।

प्रत्येक साल चिनमा विश्वभरीका चिया उत्पादन गर्ने १७ देशका कम्पनीका बिच प्रदशनी तथा टेस्टिङ्ग हुदै आएको छ।  २०२३ को उक्त सम्मेलनबाट नेपालको कन्याम चिया बगान उत्कुष्ट चिया बन्दै गोल्ड विजेता बनेको छ।
 

कमेन्ट लोड गर्नुस