सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा युवा सम्मेलन हुदै

२०७६ वैशाख ३०, ०६:४३

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा युवा सम्मेलन हुने भएको छ। युवा सम्मेलनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाहरुबाट  दुई सय ४४ युवा जेठ १ र २ गते धनगढी आउने छन्। उनीहरुलाई नेपाल युवा परिषदले युवा सशक्तीकरणको बारेमा तालिम दिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। नेपाल भमर्ण बर्ष २०२०, जलवायु परिवर्तन तथा युवा नेतृत्वका बारेमा परिषदले युवाहरुलाई प्रशिक्षण दिने युवा परिषद सुदूरपश्चिम पदेश संयोजक बसन्ती सापकोटाले जानकारी दिईन्।

१८ देखि ३० बर्ष उमेरका युवाहरुलाई धनगढीमा भेला गर्दै अन्य पहाडी जिल्लाहरुमा पनि संगठनको बिस्तारको तयारी रहेको परिषदका केन्द्रीय सदस्य भिमबहादुर साउँदले बताए। सुदूरपश्चिमका अछाम, दार्चुला र कैलालीमा मात्र संगठन बिस्तार गरिएको भएपनि यो भेलाबाट नौ वटै जिल्लामा शाखा विस्तार हुने उनको भनाई छ। युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस भन्ने मुख्य उद्येश्यका साथ भेलाको आयोजना गर्न लागिएको हो। 

कमेन्ट लोड गर्नुस