धनगढीबाट ७० हजारको भन्सार छलीको सामान बरामद

धनगढी : कैलालीको धनगढीबाट भन्सार छलीको सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणीघाट र वडा नम्बर २ चौराहबाट ७० हजारका भन्सार छलीका सामान बरामद गरिएको हो।
भारतबाट भन्सार छली ल्याउदै गरिएको मटर, सरप, तेल साबुन, धोती, गुट्का लगाएतका ३० हजार ६ सय ४० रुपैयाँखका सामान त्रिवेणघाटबाट शनिवार नियन्त्रणमा लिइएको छ। यस्तै, चौराहबाट ३२ हजार चार सयका चिनी, प्याज, साइकल लगातका भन्सार छलीका सामान बरामद गरिएको छ। वडा नम्बर ३ भन्सार क्षेत्रबाट सात हजारका प्याज, चिनी लगाएतका सामानसमेत शनिवार बरामद गरिएको छ।



