सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओम्सको सुदूरपश्चिम  प्रदेश समिति गठन

२०८० माघ २७, ०८:५० खबर संवाददाता

धनगढी: बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ(ओम्स)नेपालको सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ। शनिवार धनगढीमा ओम्सको प्रदेश समिति गठन भएको हो। सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित प्रदेश भेला तथा वनभोज कार्यक्रम जयराज मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो। भेलाका प्रमुख अतिथि ओम्स नेपालका केन्द्रीय अध्यक्ष सुर्य पराजुली रहेका थिए भने  विशिष्ट अतिथिमा जिफन्टका प्रदेश अध्यक्ष जितबहादुर मल्ल रहेका थिए।

कार्यक्रममा कैलाली वितरक संघका अध्यक्ष सिद्धराज पनेरु, मदिरा ब्यावसायी संघ धनगढीका उपाध्यक्ष महेन्द्रकुमार सिंह , ओम्स नेपालका केन्द्रीय उपाध्यक्ष डम्मर ठकुल्ला ,उपमहासचिव जनक ढकाल केन्द्रीय सदस्य महेश फुलारा, गोविन्द ओली, प्रमित पराजुली तथा मधेस प्रदेश संयोजक पंकज मिश्रको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक  महावीर पुनलाई समेतआमन्त्र गरी २५ वटा पुस्तक खरिद गरिएको कैलाली वितरक संघका अध्यक्ष  सिद्धराज पनेरुले बताए।

उक्त भेलाबाट ओम्सको सुदूरपश्चिम  प्रदेश महिला तथा युवा समिति गठन गरिएको पनेरूले बताए। प्रदेश समितिको अध्यक्षमा जयराज मिश्र, उपाध्यक्षमा प्रमिला भण्डारी, सचीवमा प्रेम कार्की, उपसचिवमा भुपेन्द्र बम, कोषाध्यक्षमा सुशील पौडेल, सदस्यमा कृष्ण पोखरेल, विजय केसी, देवराज पाण्डे, दीपक ढकाल, रुद्र पौडेल, तेजराज भट्ट, गोविन्द भण्डारी र लिलाधर भण्डारी चयन भएका छन्।

यस्तै,पुष्करसिंह धामीको अध्यक्षतामा ९ सदस्यीय युवा समिति र निरमाया चौधरीको अध्यक्षतामा महिला समिति चयन भएको छ।

 

कमेन्ट लोड गर्नुस