सुदूर नेपाललाई विश्वसँग जोड्दै

आचार्य शङ्कर र सर्वं दुखम् 

२०८० माघ २७, ०५:३४ खबर संवाददाता

डा.गोविन्दशरण उपाध्यायः ई.पू. ४५० देखि सन् ७०० सम्म भारतवर्षमा बौद्धहरूको बर्चश्व थियो। यो इतिहासले बोलेको र देखेको तत्थ्य हो। प्रसिद्द दार्शनिक मण्डन मिश्र र आदि शंकराचार्यको उदयले ‘बौद्धहरूको पलायन भयो भन्नु अर्धसत्य हो।’ मोहम्मद गजनीले भारतवर्षमा आक्रमण गर्दा भारतवर्षमा बौद्धहरूको पूर्ण बर्चश्व थियो। बौद्धहरूले भारतवर्षीय जनतालाई ‘सर्वं दुखम् अर्थत सम्पूर्ण विश्व दुखैदुखले भरिएको छ भन्दै, वैराग्यको पाठ पढाएर संसार र सांसारिक दायित्वप्रति वैराग्यको भाव जगाए।’

अशोकले अहिंसाको बाटो अपनाएपछि (भाग्यवस तेस वेलासम्म इसाई, मुस्लिम वा अन्य विदेशी धार्मिक आक्रमणकारिको भारतवर्षमा प्रवेश भएको थिएन) भारतवर्षमा बौद्ध–विहारहरूको सङ्ख्यामा वृद्धि भयो। गाउँका गाउँ मान्छेहरू “विहार, महाविहार“मा परिब्रज्या लिएर बौद्ध बन्न थाले। संसारलाई दुखैदुख भन्ने दार्शनिक चिन्तनले बाँधिएका राजाहरूले आक्रमणकारीहरू विरुद्ध शास्त्र उठाउने पराक्रमसम्म विर्सिसकेका थिए। बौद्ध मतको प्रभाव हिन्दूराजा र जनताहरूमा पनि उत्तिकै परेको थियो। महाविहारका लागि राजाहरूले ठूलै लगानी गर्थे तर विदेशी आक्रमणकारीबाट देश र जनताको सुरक्षाप्रति पूर्व वेवास्था थियो।

बौद्ध समुदायमा महायान बलियो नहुँदासम्म बौद्धगुरूहरूले ठूलाठूला विहारहरू निर्माण गर्ने र “संसार दुखमय छ“ भन्दै कृषिकर्म त्यागेर भिक्षुहरूको अल्छी भीड थामी नसक्नु भएको कुरा जातकहरूले नै बोलेका छन्। भगवान् शंकराचार्य र मण्डन मिश्रजस्ता महापुरुषको आगमन भन्दा पहिला लाखौं बौद्ध भिक्षुहरूलाई खुवाउंदा गाउँका गाउँ भोकै मर्थे। कृषकहरूले आफ्नो पसिनाको कमाई राजकीय उर्दीको कारण भिक्षुलाई “दान“मा दिनु प्रथ्यो। सित्तैमा सम्मान र भोजन दूवै प्राप्त भएपछि त्यसतिर आकर्षण बढ्छ नै। बढ्दो बौद्ध भिक्षुहरूको भीड थामी नसक्नु भएको अवस्थामा उपर्युक्त दुई महापुरुषहरूको उदय भएको हो।

महामना मण्डन मिश्रले मीमांसा दर्शनको कर्मयोगको व्याख्या गरेर भारतवर्षका तत्कालीन जनतालाई “कर्मयोगी“ बन्न प्रेरित गरे भने, अकोतिर आदि शंकराचार्यले वैदिक सनातन धर्मको पुर्जगारणका लागि “बौद्धजस्तै“ भेषभूषामा सम्पूर्ण भारतवर्षको परिक्रमा गर्दै, शास्त्रार्थमा बौद्धहरूलाई पराजित गर्दै भौतिक जगतमा “व्याबहारिक सत्य“लाई अवलम्बन गर्न र आध्यात्मिक जगतमा “ब्रह्मलाई एकमात्र सत्य“ स्वीकार गर्न अभिप्रेरित गरे। आदि शंकराचार्य व्याबहारिक जगतका लागि “प्रवृत्ति मार्ग“ र आध्यात्मिक जगतका लागि “ब्रह्मसत्यम्“को सिद्धान्त स्थापना गरेर हरेक जनतालाई भौतिक जगतमा कर्मयोगी बन्न र आध्यात्मिक जगतमा उन्नति प्राप्त गर्न “कर्मलाई कर्तव्य“को रूपमा पालन गर्न सिकाए।

सर्वं दुखम्“ सिद्धान्तबाट आजित भएका तत्कालीन भारतवर्षका जनताले कर्मयोग र कर्तव्ययोगको महत्वलाई बुझे। बौद्ध धर्ममा विश्वास गर्ने तत्कालीन करोडौं जनताहरूले सनातन धर्मको महत्वलाई बुझे र स्वेच्छाले सनातन संस्कृति स्वीकार गर्न थाले। जैन, बौद्ध तथा हिन्दू संस्कृतिमा “धर्म परिवर्तन“ गर्नु पर्दैन, केवल दार्शनिक र मौलिक सिद्धान्तहरू स्वीकार गरे पुग्छ। आचार्य शङ्करले “बौद्ध धर्म नष्ट गरेको आरोप लगाउने“ घृणावादीहरूले सत्य बुझुन्, यदि बौद्धधर्ममा सबै “ठीकठाक“ थियो भने त्यसले आचार्य शङ्कर र मण्डन मिश्रहरूलाई सजिलैसंग किनारा लगाउन सक्थ्यो। आचार्य शङ्कर र मिश्र दूवैले कुनै राजनैतिक व्यक्ति थिएनन्। समाजमा बौद्ध धर्म लाद्ने अशोक र कनिष्क राजा थिए।

हालैका दिनमा एकजना म्यामारी बौद्ध भिक्षु निकै चर्चामा छन्। तिनले बौद्धहरूलाई आत्मरक्षा गर्न “प्रतिकार“ गर्न आह्वान गरे। विश्वका तथाकथित मानवतावादी तथा मुसाईहरू ती उपर जाईलागे। कुनै पनि मानवको हत्या गर्ने कुरालाई समर्थन गर्न सकिन्न तर रोहिग्न्याहरूले बौद्ध र हिन्दुहरूको संहार गर्न थालेपछि अहिंसाको पालन गर्नुको कुनै अर्थ रहन्न। त्यही अहिंसाका कारण बौद्धहरूले राजा कनिष्कले स्थापित गरेको “गान्धार (अफगानिस्तान) गुमाएका हुन्। रोहिग्न्याहरू त्यो अभिमतका समर्थक हुन्, जुन विश्वासले बामियानस्थित विश्वकै सबैभन्दा ठूलो बुद्ध–मूर्तिलाई नष्ट गर्यो।

हालै भारतका एकजना सूरदास र राजनैतिक सन्त रामभद्राचार्यले भगवान् शंकराचार्यप्रति जुन अभद्र टिप्पणी गरेका छन्, त्यो तिनको अहङ्कार र बौद्धिक दिवालियापनको उदाहरण हो। भारतका कुनै पनि भद्रआचार्यहरूले त्यो टिप्पणीको स्वागत गर्न सक्दैनन्। सिद्धान्त फरक हुँदैमा इतिहास र योगदान परिवर्तित हुँदैन। अन्त्यमा, इतिहासको यो दृष्टिकोण आधुनिक बौद्धहरूप्रतिको गुनासो होइन, बौद्ध–शरीरमा रहेर हिन्दुहरू विरुद्ध राजनैतिक टिप्पणी गर्ने घृणावादीप्रति लक्षित हो।  बौद्धहरूले “सर्वं दुखम्“को संस्कृति भारतवर्षमा नफैलाएको भए “भारतवर्ष“ कर्मयोगी हुन्थ्यो। मोहम्मद गजनीले केवल सोमनाथको मन्दिर लुटेको होइन त्यस बखतका हजारौ विहारहरू पनि जलाएर खरानी बनाएको हो। तक्षशीला, नालन्दाहरू नष्ट गर्नेहरू कुनै हिन्दू थिएनन्, “सर्वं –दुखम्“को संस्कृतिका कारण आत्मरक्षासम्मको प्रबन्ध नगर्ने मानसिकताका कारण नष्ट गरिएका हुन्। –जय नेपाल
 

कमेन्ट लोड गर्नुस