सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवाहरूका लागि एकीकृत जीवन उपयोगी सिप विकास तालिम सम्पन्न

२०८० माघ २७, ०५:१८ खबर संवाददाता

धनगढी : युवाहरूका लागि एकीकृत जीवन उपयोगी सिप विकास तालिम सम्पन्न भएको छ। शुक्रवार, एभरेस्ट क्लब दैलेखले पावर परियोजना मार्फत ५ दिने एकीकृत जीवन उपयोगी सिप सम्बन्धी तालिम समापन गरिएको हो।

तालिम माघ २२ गतदेखि २६ गतेसम्म सञ्चालन गरिएको थियो। परियोजनाको कार्यक्षेत्र अन्तर्गत नारायण नगरपालिकाका ३० जना युवाहरूलाई तालिम सञ्चालन गरिएको हो। उनीहरूमा २४ महिला र ६ जना पुरुष रहेका थिए।

युवाहरूको ज्ञान, सिप तथा धारणाको विकास गर्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको एभरेस्ट क्लव दैलेखका सदस्य एवम् पावर परियोजना फोकल पर्सन दीपक केसीले बताए। जीवन उपयोगी सिप तालिमका ११ वटा सिपलाई प्रयोग गरी प्रशिक्षक बाबुराम आचार्य र टेकराज न्यौपानेले तालिम सहजीकरण गरिएका थिए।

तालिमबाट युवाहरूले समस्या समाधान, निर्णय लिने क्षमता तथा संवेग नियन्त्रण लगायत ११ वटा जीवन उपयोगी र प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता तथा हरित सिप, हरित मानसिकता र हरित रोजगारी बारेमा आफुहरूले जानकारी पाएको बताएका छन्। व्यक्तित्व विकासमा सहयोग पुगेको तालिममा सहभागी नारायण नगरपालिका ४ की कल्पना कुमारी सुनारले बताइन। नारायण नगरपालिका सामाजिक शाखा प्रमुख खम बहादु थापाले एभरेस्ट क्लव दैलेखले सहयोग गरेका कार्यक्रम एकदमै प्रभावकारी रहेको बताए। उनले समुदायमा जादा यसको सकारात्मक प्रभाव देखिएको जानकारी दिदै तालिमको प्रभावकारी कार्यान्वयन हुनु पर्ने बताए।

नारायण नगरपालिका नगर उपप्रमुख तप्ता कुमारी खड्का थापाले एकीकृत जीवन उपयोगी तालिमका सहभागीहरूलाई सिकिएका विषयवस्तुलाई आफ्नो जीवनमा लागु गर्नु पर्ने बताइन्। उनीहरूको व्यवसाय प्रवर्धन तथा आगामी योजना बनाउन सहयोग पुग्ने उनको दाबी छ।

यस वर्ष सन् २०२४ मा दुल्लु र नारायण नगरपालिकामा ३८० जना बालबालिका तथा युवाहरूलाई एकीकृत जीवनोपयोगी सिप तालिम, ६० जना युवाहरूलाई लघु उद्यम तथा सिप विकास तालिम, ७० जना बालबालिकाहरूलाई छात्रबृति सहयोग, विपन्न परिवारमा वास सहयोग अन्तर्गत ३५ वटा घरधुरीलाई शौचालय सहयोग, १ वटा विद्यालय मा वास अन्तर्गत शौचालय निर्माण र २ वटा स्वास्थ्य संस्थामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवाका लागी वास सहयोग गर्ने लगायतका योजना रहेको परियोजना संयोजक भुपेन्द्र खत्रीलबताए।

 

कमेन्ट लोड गर्नुस