सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारी समायोजनले सुदूरपश्चिमका स्थानीय तह समस्यामा

२०७६ वैशाख ३०, ०४:४३ जनक विष्ट

कामको चटारो लागेका बेला कर्मचारीहरु समायोजन रोजेर जान थालेपछि सुदूरपश्चिमका स्थानीय तहहरु समस्यामा परेका छन्। आर्थिक वर्ष सकिन केही समय मात्र बाँकी रहेका बेला कामको चटारो लागेको समयमा नै कर्मचारी धमाधम सरुवा भएर जान थालेपछि कार्य सम्पादनमा जटिलता थपिएको  स्थानीय तहहरुले बताएका छन्। चालु आर्थिक वर्षका योजना कार्यान्वयन गर्न र अगामी वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुको चटारोले छोएका बेला नै कर्मचारी आउने जाने क्रम चलेपछि सुदूरपश्चिमका स्थानीय तहहरु समस्यामा परेका हुन्।

कर्मचारी समायोजन रोजेर आउने भन्दा भएका कर्मचारी समेत अन्यत्र जान थालेपछि स्थानीय तहहरुलाई कार्य सम्पादनमा जटिलता थपिएको छ। बढिजसो प्रदेशका तराईका भन्दा पनि पहाडका स्थानीय तहहरु समस्यामा परेका छन्। अहिले स्थानीय तहका वडा कार्यालय सचिव विहिन भएका छन् भने प्रशासनिक कर्मचारी समेत समायोजन रोजेर अन्यत्र गएपछि समस्या भइरहेको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिकाकी अध्यक्ष  कौशिला भट्टले वडा कार्यालयहरु सचिव विहिन हुँदा कार्य सम्पादनमा जटिलता थपिएको बताईन्। स्थानीय तहहरुले कर्मचारीको अभाव बढ्दै जान थालेपछि भएका कर्मचारीलाई नै दोहोरो जिम्मेवारी दिएर भएपनि कार्य चलाउनुपर्ने  बाध्यात्मक स्थितीमा पुगेको बताएका छन्। डोटीको केआईसिंह गाउँपालिकाले त कर्मचारीका अभाव भएपछि एउटै सचिवलाई दुई–दुई वडाको जिम्मेवारी दिएको छ।

केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले भएका कर्मचारी समेत सरुवा रोजेर अन्यत्र गएपछि समस्या भएको बताए। संघिय सरकारले कर्मचारी समायोजनका नाममा भएका कर्मचारी समेत आफू मातहतका कार्यालयमा खटाएर स्थानीय तहमा अभाव सिर्जना गरिदिएको आरोप पनि जनप्रतिनिधीले लगाएका छन्।

अर्कोतीर कामको चटारोले छोएका बेला कर्मचारी आउने जान क्रम नरोकिएपछि स्थानीय तहको काम समेत प्रभावित हुने गरेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र बहादुर कार्कीले त सरकार स्थानीय तहलाई असफल बनाउने खेलमा लागेको आरोप लगाए। उनले प्रमुख प्रशासकिय अधिकृतदेखि अन्य तहका कर्मचारी पनि नहुँदा समस्या भएको सुनाए।

हुन त देश संघिय संरचनामा गएदेखि नै स्थानीय र प्रदेश सरकारले कर्मचारी अभावको समस्या खेपिरहेका छन्। तर संघिय सरकारले अघि बढाएको कर्मचारी समायोजनको प्रक्रियाले अभाव केही पूर्ती हुने विश्वास गरिएपनि भएका कर्मचारी समेत अन्यत्र जान थालेपछि समस्या भइरहेको हो। 
 

 
   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस