धनगढीबाट सामान बरामद
२०८० माघ २७, ०९:५७
धनगढीः धनगढीको बिभिन्न स्थानबाट सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ चौराह नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ६१ हजार ७५० मूल्यको प्याज, चिनी, मिश्री, साडी, सुट, प्लाष्टिक, ट्याक्टरको बेरिंङ लगायतका सामान र धनगढी उपमहानगरपालिका–३ ब्यारेल अगाडीबाट २३ हजार २ सय मूल्यको प्याज, चिनी, मिश्री, सरफ, नरिवल, पानीपुरी लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला परेका उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस