सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको त्रिनगरमामा एसईई आइडलको अडिसन सम्पन्न

२०८० माघ २६, ०६:३१ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा एसईई आइडलको अडिसन सम्पन्न भएको छ। तेस्रो संस्करणको २५ औँ अडिसन धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा शुक्रवार सकिएको हो।

प्रदेश युवा परिषद् एसईई आइडलको अडिसनमा ७ जनाले गायन र ६ जनाले नृत्य गरि कूल १३ जनाले प्रस्तुति पस्केका छन्। अडिसनमा सहभागी प्रतिस्पर्धीहरूलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका निःशुल्क रुपमा वितरण गरिएको थियो।

आउँदो हप्ताबाट पहाडी जिल्लामा अडिसन हुनेछन। अछामको साँफेबगरमा रहेको जनकल्याण मावि र बाजुराको मार्तडीमा रहेको मालिका नमूना माविमा अडिसन आयोजना हुनेछन्।

सुदूरपश्चिमका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना हुँदैछन्। यस वर्ष एसईई दिने विद्यार्थीहरूले अडिसनमा सहभागी हुन पाउनेछन्। यस वर्ष पनि गत वर्ष जस्तै नृत्य र गायन प्रतिभाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन्। असोजदेखि फाल्गुनसम्म सुदूरपश्चिमका ९ जिल्लाहरूमा अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन्।

नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरूले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरूले २०८१ असार १ गते हुने फाइनलमा प्रवेश पाउनेछन्। फाइनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन्। दुवै विधाका विजेता र उप विजेताले क्रमशः ५०–५० हजार २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन्। साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरूले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन्।

 

कमेन्ट लोड गर्नुस