सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा समाजसेवी बडूद्वारा १५ थान पुस्तक हस्तान्तरण

२०८० माघ २६, ०६:०९ खबर संवाददाता

धनगढी : युवा समाजसेवी तथा नेपाली काँग्रेस बैतडीका नेता प्रोहित बडूले आफ्नो जन्मदिनको अवसरमा पुस्तक हस्तान्तरण गरेका छन्। बडूले राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशित गरेको महावीर पुनको आत्मकथामा आधारित १५ थान पुस्तक दिनेशखबरका सहायक सम्पादक नारायण अवस्थीलाई हस्तान्तरण गरेका हुन्।

डाक्टर महावीर पुनबाट शुक्रवार नै १५ थान पुस्तक खरिद गरेर बडूले पत्रकार अवस्थीलाई हस्तान्तरण गरेका हुन्। बडूले जन्मदिनको अवसरमा पुस्तक प्रेमी व्यक्तिहरूलाई उपहार दिन ११ हजार २५० मूल्यको १५ थान पुस्तक सहयोग गरेका हुन्।

बडूलाई पुस्तक उपलब्ध गराउँदै डाक्टर पुनले हरेक युवाले आफ्नो आत्मकथामा आधारित पुस्तक पढ्नुपर्ने बताएका छन्। हरेक युवाले पुस्तक पढेर सङ्घर्ष गर्न सिक्ने तर्क पुनले गरेका छन्।

बडूको इच्छाअनुसार पुस्तक अध्ययनमा रुचि भएका युवाहरूलाई उनीहरूको जन्मदिनको अवसर पारेर १५ थान किताब विभिन्न १५ जनालाई उपहार दिइनेछ।

कमेन्ट लोड गर्नुस