सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको वेदकोट नगरपालिका २ मा सिलाई कटाई तालिम उद्घाटन

२०७६ वैशाख ३०, ०४:१६ खबर संवाददाता

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ को कार्यालयको आयोजनामा तीन महिने सिलाई कटाई तालिम  सुुरु भएको छ।  वडा कार्यालयको आयोजनामा सञ्चालन हुने तालिमको आज एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो।  वेदकोट २ का वडा अध्यक्ष नरेश सिंहको अध्यक्षतामा भएको सिलाई कटाई तालिम उद्घाटन समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य लालबहादुर खडका, नगर उपप्रमुख सुशिला सिंह विशिष्ठ अतिथि रहेका थिए। महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ। तालिममा ३० जनाको सहभागिता रहेको छ। 

कमेन्ट लोड गर्नुस