कञ्चनपुरबाट अवैध सामान बरामद
२०८० माघ २६, ०५:३२
कञ्चनपुरः कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–६ ऐठपुरबाट अन्दाजी १ लाख ४ हजार ५ सय मुल्य बराबरका सलाई, चिनी, मिश्री, तेल, नरिवल, पेन्ट, कपडा र सुर्ती लगायत सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएको सामान कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस