सुदूर नेपाललाई विश्वसँग जोड्दै

भजनी महोत्सव सुरु

२०८० माघ २६, ०४:०३ खबर संवाददाता

धनगढीः कैलालीको भजनी नगरपालिकामा ‘कला साहित्य कृषि र व्यापार हाम्रो पहिचान, भजनी क्षेत्रको सर्वाङ्गिण विकास हाम्रो अभियान’ भन्ने मूूल नाराका साथ भजनी महोत्सव सुरु भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले महोत्सवको आज ( शुक्रवार) उद्धाटन गरेका हुन्। मन्त्री देउवाले स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने बताएका छन्। महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले यस्तो बताएका हुन्। उनले महोत्सवले ठाउँ अनुसारको कला र संस्कृतिको जगेर्ना गर्ने र स्थानीयको उत्पादनलाई बजारसँग जोडने प्रयास भईरहेको बताए। उनले अहिलेको युग भनेको विकासको युग रहेकाले जनताको चाहना अनुसार सरकार चल्ने बताए।

आजबाट सुरु भएको महोत्सव फागुन ८ गते सम्म संचालन हुने आयोजक भजनी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमराज जोशीले बताए। आयोजकले प्रमुख अतिथि एवं भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवालाई भजनी क्षेत्रका विकास निर्माणका ३ सुत्रीय मागपत्र समेत बुझाएको छ।
 

कमेन्ट लोड गर्नुस