सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेसद्धारा प्रदेश ३ को संसद बैठक अवरुद्ध

२०७६ वैशाख ३०, ०३:५० खबर संवाददाता

आज देखि सुरु भएको प्रदेश नम्बर ३ को वर्षे अधिवेशन संसद बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। राजधानीको प्रक्रिया सुरु नगरेसम्म संसद चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको हो। सो बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको पत्रहरु पढेर सुनाए।

सोमबार वर्षे अधिवेशनको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गरेलगत्तै संसदको अरु काम कारबाही गर्न नदिनका लागि कांग्रेसका सांसदले उठेर संसद अवरुद्ध गरेका  हुन। कांग्रेस सांसदलाई बस्नका लागि सभामुख श्रेष्ठले आग्रह गरे पनि राजधानीको प्रक्रिया सुरु नगरेसम्म संसद चल्ने नदिने प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले बताए।

प्रदेश ३ मा दुईतिहाइको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी राजधानी तोक्ने र नामाकरण गर्ने विषयलाई पछाडि धकेल्दै लगेको भन्दै रुष्ट भएका कांग्रेस सांसदले बैठक अवरुद्ध गरेको हो। सत्तारुढ दल नेकपाका संसदीय दलका उप नेता शालिकराम जमरकट्टेलले भने कांग्रेसले संसद अबरुद्ध गरेर अमर्यादित काम गरेको बताए। हरेक अधिवेशनमा राजधानी र नामाकरणको विषय टुंग्याउने भनिए पनि अझैसम्म यो विषय टुंगो लाग्न सकेको छैन।
 

कमेन्ट लोड गर्नुस