सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरीमा भर्ना खुल्यो?

२०८० माघ २६, ०७:४१ खबर संवाददाता

काठमाडौँ: नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ। प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो। 

खुला तथा समावेशीसहित प्रहरी जवान पदका एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ। त्यसैगरी भान्छेका लागि ६३, हजाम  ७ जना, कुचिकार २० जना र खेलाडी १४ जनाका लागि पनि आवेदन आव्हान भएको छ। 
खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले  चैत ९ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ। 

nn

कमेन्ट लोड गर्नुस