सुदूर नेपाललाई विश्वसँग जोड्दै

अबको केहि वर्ष भित्रै चीनको ल्हासाबाट काठमाडौंमा रेल आउंछ : प्रचण्ड

। फोटो स्रोत ।
२०७६ वैशाख ३०, ०२:२६ खबर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले केही वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने बताएका छन्। सोमबार विभूति सीता जन्मजयन्तिको अवसरमा काठमाडौंमा एक आयोजित कार्यक्रममा उनले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको उललेख गर्दे कामको सुरुवात भईसकेको र त्यसलाई लुम्बिनीसम्म लैजाने योजना रहेको समेत स्पष्ट पारे। 

उनले चीनको ल्हासा हुँदै काठमाण्डौ र काठमाण्डौबाट लुम्बिनीसम्म रेल संचालन गर्न सके देशको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने बताउंदै नेपाल र भारत दुवै देशको शक्तिपीठहरुलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै देशको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको बताए।

 

कमेन्ट लोड गर्नुस