कैलालीमा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ
२०८० माघ २५, ०९:३२
धनगढीः कैलालीमा सवारी ज्यान मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–६ का ३४ वर्षीय बिरबहादुर चौधरी पक्राउ परेका छन्। उनलाई जिल्ला अदालत कैलालीले २ महिना ५ दिन कैद सजाय र दुई हजार जरिवाना तोकेको थियो।
उनी सोहि दिनबाटै फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई आज (बिहीवार) धनगढी बजारबाट पक्राउ गरेको हो। उनलाई प्रहरीले अदालतमा पेश गरेको छ।
कमेन्ट लोड गर्नुस