सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर महावीर पुन धनगढीमा

२०८० माघ २५, ०७:४२ खबर संवाददाता

धनगढीः डाक्टर महावीर पुन आज (बिहीवार) धनगढी आइपुगेका छन्।

कञ्चनापुरका विभिन्न क्षेत्रमा किताब बिक्री गरेर पुन आज धनगढी पुगेका हुन्। इलामाबाट मध्य पहाडी राजमार्ग हुँदै बैतडीबाट महेन्द्रनगर हुदै धनगढी आएका डाक्टर पुन आफूले लेखेको पुस्तक ’महावीर पुन’को बिक्रीका लागि देश दौडाहामा छन्।

आत्माकथा आधारित पुस्तक बिक्रीबाट आउने रकम बिरगंजमा रहेको कृषि कारखानालाई सहयोग गर्ने घोषणा गरेका पुनले कैलालीमा तीन दिनसम्म बस्ने बताएका छन्। भोलि (शुक्रवार) बिहान ८ः ३० देखि १०ः३० सम्म शिवपुरीधाममा किताब विक्री गर्ने योजना रहेको पुनले दिनेशखबरसँग बताए।

कमेन्ट लोड गर्नुस