सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधि सभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने 

२०८० माघ २४, ०९:४५ खबर संवाददाता

काठमाडौँः संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा आगामी फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ।

सभामुख देवराज घिमिरेले बुधवारको प्रतिनिधिसभा बैठकमा उक्त जानकारी दिएका हुन। सभामुख घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि फागुन २ गते दिउँसो ३ बजेभित्र सांसदहरूलाई लिखित प्रश्न दर्ता गराउने विषयमा पनि जानकारी दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शेक प्रस्ताव पारित गर्दै फागुन ६ गते बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगन गरिएको छ।
 

कमेन्ट लोड गर्नुस