सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर कपको उपाधिका लागि वडा नम्बर १२ र १४ भिड्ने

वडा नम्बर १४
वडा नम्बर १४
२०७६ वैशाख २९, ०६:३०

धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा भईरहेको मेयर कपको उपाधिका लागि वडा नम्बर १२ र १४ भिड्ने भएका छन्। वडा नम्बर १२ मा क्वाटरफाईनल सम्मका खेलपछि वडा नम्बर १८ मा भएको सेमिफाईनल खेलमा जित हात पार्दै दुवै वडा उपाधिका लागि भिड्न लागेका हुन्। पृथ्वी युवा क्लबको खेल मैदानमा भएको पहिलो सेमिफाईनलमा वडा नम्बर १४ विजयी भएको छ। वडा नम्बर १४ ले वडा नम्बर ७ लाई २–१ गोलले हरायो। वडा नम्बर १४ का लागि हेम गोले र सुदिप चौधरीले गोल गरे। वडा नम्बर ७ का लागि रामसिंह रानाले एक गोल गरे।

दोस्रो सेमिफाईनलमा वडा नम्बर १२ विजयी भएको छ। वडा नम्बर १९ लाई ३–० गोल अन्तरले हराउदै वडा नम्बर १२ फाईनलमा पुगेको हो। वडा नम्बर १२ लाई जिताउनका लागि सन्दिप गुरुङले दुई गोल गरे भने खेम चयडाले एक गोल गरे। गत वैशाख २० गतेदेखि सुरु भएको प्रतियोगिता ३० गते सोमबार सकिदैछ। सोमबार फाईनल भएर मेयर कप फुटबल प्रतियोगिता समापन हने छ। दिउसो साढे २ बजेदेखि मेयरको फाईनल सुरु हुनेभएको छ। धनगढी उपमहानगरपालिका मेयर नृप ओडले मेयर कपको समापन गर्नेछन्। प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उप–विजेतालाई ५१ हजार नगद पुरस्कार दिईनेछ। प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ। वडाका खेलाडीहरुलाई छनोट गरेर उप–महानगरपालिकाको टीम समेत बनाईने छ। प्रतियोगितामा १९ वटै वडाका टीमहरुले भाग लिएका थिए। 
 

कमेन्ट लोड गर्नुस