सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतन्य पाठशाला स्टिम वर्कसप, २०८० सम्पन्न

२०८० माघ २२, ०६:३९ खबर संवाददाता

धनगढीः धनगढीमा रहेको चैतन्य पाठशालाले आयोजना गरेको चैतन्य स्टिम वर्कसप, २०८० सम्पन्न भएको छ। माघ १६ देखि सुरू भएको वर्कसप आज सम्पन्न भएको हो।

चैतन्य पाठशालाले प्रदेशमै पहिलो पटक आयोजना गरेको स्टिम वर्कसपमा विज्ञान प्रविधि, खगोल विज्ञान, कम्प्युटर विज्ञान, गणित र व्यवस्थापनका विषयमा विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको थियो। सात दिनको अवधिमा विभिन्न क्याम्पहरु निर्माण गरी विमानको नमुना बनाउनेदेखि उडाउनेसम्मका अभ्यास गरिएको हो। चैतन्य पाठशाला साइन्स र रोवोटिस विभागका विद्यार्थीहरुको आयोजनामा माघ १६ गतेदेखि सात दिनसम्म स्टिम वर्कसप सञ्चालन भएको हो।

स्टिम वर्कसपमा धनगढीका विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो। एक हप्तासम्म विद्यार्थीहरूलाई विमानको नमसना निर्माण गर्ने र उडाउने, ड्रोन उडाउने, कम्प्युटर प्रोग्रामिङ र टेलिस्कोपबाट खगोलिय पिण्डहरूको अध्ययन र अवलोकन सम्बन्धी आधारभूत ज्ञान आर्जन गर्ने अवसर मिलाइएको थियो।

चैतन्य पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंहले विद्यार्थीलाई शिक्षासँगै कला र संस्कृति, मूल्य र मान्यता सिकाउन आवश्यक रहेको बताए। उनले विद्यालयले ज्ञान तथा क्षमता आर्जन हुने यस्ता कार्यक्रम आयोजना गर्ने कार्यले निरन्तरता पाउने बताएका छन्।

विद्यार्थीको क्षमता विकास गर्न स्टीम वर्कसप सफल हुने विश्वास कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राध्यापक डाक्टर हेमराज पन्तले बताए। उनले विद्यार्थीलाई विज्ञान र प्रविधिसँग परिचित गराउन वर्कसप फलदायी हुने बताएका छन्। स्टिम वर्कसापमा विद्यार्थीहरूलाई धिरेन्द्र चन्द सोडारी लगयातका ६ जना प्रशिक्षकले सात दिसम्म प्रशिक्षण दिएका थिए भने सहभागी विद्यार्थीलाई चैतन्य पाठशालाको तर्फबाट प्रमाण पत्र प्रदान गरिएको थियो।

कमेन्ट लोड गर्नुस