सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीमा खुल्यो ‘बेलौरी’ तेल उद्योग

२०८० माघ २२, ०२:४२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरीमा ‘बेलौरी’ नामक तोरीको तेल उद्योग खुलेको छ।

बेलौरी नगरपालिका–४ मा ‘बेलौरी तोरीको तेल ब्राण्डिङ्ग, लेभलिङ्ग तथा प्याकेजिङ्ग उद्योग’ खुलेको हो। नगरपालिकाको १५ लाख, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको १० लाख र सम्झौता बहुउद्देश्यीय सहकारीको पाँच लाखको लगानीमा उद्योग खुलेको हो।

नगरप्रमुख पोतिलाल चौधरीले किसानबाट कच्चा पदार्थ खरिद गरेर शुद्ध तोरीको तेल उत्पादन गरेर बिक्रि गरिने बताए। उद्योग सहकारी मार्फत सञ्चालनमा गरिनेछ। उद्योगको दैनिक पाँच सय लिटर तेल उत्पादन गर्ने क्षमता छ। सोमबार एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले सो उद्योगको उद्घाटन गरेका छन्।

कमेन्ट लोड गर्नुस