सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा झाँक्रीले भनिन्, ‘मन्त्रीहरुको बेइज्जत गरेर सरकार परिवर्तन गर्नुहुन्न’

२०८० माघ २२, ०२:०३ खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री कैलालीको धनगढी आइपुगेकी छन्।

सोमबार धनगढीमा पत्रकारसँग अन्तरक्रिया गर्दै सचिव झाँक्रीले अहिलेका प्रधामन्त्रीको कार्यकाल विना चुनौतीको रहेको दाबी गरेकी हुन्। उनले हालका मन्त्रीले काम गरेन भनेर बाहिर हल्ला गर्दै हतोत्साहित गर्ने काम भइरहेको उनको भनाई छ।

सरकार परिवर्तन हुने विषय सामान्य भएको भन्दै मन्त्रीहरुको बेइज्जत गरेर सरकार परिवर्तन गर्न नहुने उनको तर्क छ। पूर्व मन्त्रीसमेत रहेकी झाँक्रीले निर्माण गरिएका पूर्वाधारबाट केही फाइदा लिने गरी विमानस्थल साझेदारीबाट सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन्।

कमेन्ट लोड गर्नुस